संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसद रोकेर बार्गेनिङ भइरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति लामिछानेले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन बन्द गरेर बार्गेनिङ गरेको आरोप लगाएका हुन्।

‘वर्षौदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ। कयौँ कानुन बनाउनु पर्ने छ,कयौँ संशोधन छन्। जनसरोकारका कयौँ मुद्दामा  छलफल र निर्णय गर्नु छ। तर, संसद चल्दैन,बार्गेनिङ चल्छ,मात्र बार्गेनिङ । दुःखद्।’,उनले लेखेका छन्।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ।

एमालेको अडानको कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक एमालेकै अवरोधको कारण स्थगित भएकाे छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation