छाडा चौपाया व्यवस्थापन एक महिना भित्रै हुन्छ : मुख्यमन्त्री चौधरी

कपिलवस्तु । प्रदेशभरका छाडा चौपाया व्यवस्थापन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले एक महिना भित्रै योजना बनाउन थालेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनु भयो । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आयोजना गरेको छाडा चौपाया व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री चौधरीले सो जानकारी दिनु भएको हो । एक महिना भित्रै बिकास समिति गठन गर्ने र प्रदेशले चाडै ऐन ल्याई समितिलाई पुर्णता दिने उहाँले जानकारी दिनु भयो ।

पछिल्लो समय जिल्लाका सबै जसो पालिकाको पहलमा बुद्धभुमी नगरपालिकाको वडा नम्बर ९ गब्दहवा स्थित राष्ट्रिय वन क्षेत्रको २ सय ५० बिगहा जग्गामा छाडा चौपाया व्यवस्थापन गर्न दिन जिल्लाका पालिकाले माग गर्दै आएका छन । गब्दहवामा छाडा चौपायालाई व्यवस्थित रुपमा राख्नका लागि पालिकाहरु तत्पर रहेको र सो को व्यवस्था मिलाई दिन बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले माग गर्नु भयो ।

No description available.

राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न दिन आफुहरुको अधिकारमा नपर्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले जानकारी दिनु भयो । उहाँले राष्ट्रिय वन प्रयोगको अधिकार संघिय सरकारको निर्णय बाट लिन वा वन क्षेत्र बाहिर जग्गाको व्यवस्थापन गर्न उहाँले पालिकाहरु सँग आग्रह गर्नु भयो ।

कार्यक्रमका सहभागीहरुले छाडा चौपायाका कारण बालीनालीको नोक्सानी, दुर्घटनामा बृद्धि लगायतका समस्या भोग्नु परेकाले छिट्टै समस्या समाधान गरिदिन पालिका र प्रदेश सरकार सँग माग गर्नु भएको थियो । सो अवसरमा बोल्दै पुर्व प्रदेशमन्त्री तथा प्रदेशसभा सदस्य बिष्णु पन्थी, प्रदेश सदस्य नवराज लामिछाने र बिभिन्न पालिकाका प्रमुखले दिर्घकालिन योजनाका साथ छाडा चौपाया व्यवस्थापनको योजना बनाउनु पर्ने सुझाव दिनु भयो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation