
सागर बेल्बासे, कपिलवस्तु ।
रास्ट्रीय स्वतन्त्र पार्टी लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा भएको बृहत् आमसभामा रास्वपाका प्रतिनिधिसभा सदस्य माननिय मनिस झा,हरि ढकाल र लक्ष्मी तिवारी सहित केन्द्रिय सद्स्य प्रखर वक्ता रमेस प्रसाईं समेतले सम्वोधन गरेका छन । कार्यक्रममा बोल्दै सबै नेताले रास्वपा मधेस बिरोध पार्टी हो भनेर अन्य राजनैतिक दल ले आफ्ना दोकान चलाइरहेकोले त्यस्ता दोकानिको भाषामा खरिदबिक्री नहुन आम नेपाली जनतालाइ आग्रह गरेका थिए ।
नागरिक्ताको बिषयमा कुरा बल्झाएर जनता झुक्याउने खेल अगाडि ल्याइरहेकाले रास्वपाको धारणा सबै नेपाली नागरिकले नागरिक्ता प्राप्त गर्ने स्वत अधिकार भएकाले त्यस कुरामा अलमलाउनै नपर्नेमा स्पस्ट पार्नुभएको थियो।कार्यक्रम मा रमेस प्रसाइको सम्बोधन मा उपस्थित सबैको उत्साहजनक आकर्षण रहेको थियो।गौतम बुद्द को भुमिमा आएर यसरी सबै समुदाय माझ आफ्ना धारणा ब्यक्त गर्न पाउँदा गौरब ठान्दै लुम्बिनी प्रदेस ले हाम्रा सभापति रबि लामिछाने ले विश्व सामु गौतम बुद्द्को देस भनेर ६५ घन्टे टेलिभिजन कार्यक्रम मार्फत विश्व रेकर्ड बनाएको कुरा सबैले मनन गर्नुपर्ने समेत अगुवा कार्यकर्ता भेटघाटमा प्रसाइले बताउनुभयो। कार्यक्रम रुपन्देही जिल्ला को लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी को ५ नम्बर गेटमा भएको थियो।कार्यक्रम मा जिल्ला ,प्रदेश र पालिका हरुका नेता कार्यकर्ता को उल्लेख्य उपस्थिति संगै स्थानीय सामाजिक एबम बौद्धिक मधेसी तथा मुस्लिम समुदाय का धेरै नागरिकहरु समेत स्टेजमै गएर स्वतस्फूर्त रास्वपा प्रवेश गर्दै घण्टीको ब्याज ग्रहण गरेका थिए।












