माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गाका ३ वटा वडामा कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गा नगरपालिका १, ९ र १० को बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पार्टीलाई गतिशिल तथा चलायमान गराउन सबै नेता, नेतृत्वले अभियान अन्तर्गत वडा, वडाबाट माओवादी विशेष रुपान्तरणका कार्यहरु थालनी भएको बताउनु भएको छ । समाजमा सामाजिक सद्भाव कायम गर्न माओवादीको ठूलो योगदान रहेको उनले बताउनु भयो । चिनारीले माओवादी कमजोर भएमा संघीयता कमजोर हुने, गणतन्त्र कमजोर हुने, समावेशी समानुपातिक प्रतिनिधित्व कमजोर हुने जिकिर गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य दिनेश पुनले स्थानीयका गुनासालाई सम्बोधन गर्दै जनताका कुरा सुन्न अफुहरु विगत देखि नै जनताको बिचमा रहेको अवगत गराउदै त्यसलाई खस्कन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा कार्यकर्ताहरुले भष्ट्रचार विरुद्धको अभियानले कार्यकर्ता र जनस्तरमा ठुलो उत्साह आइरहेको बेला विभिन्न राजनैतिक दलका नेताहरुले आफ्ना मान्छे बचाउका लागि अनेकन बहानाबाजी गरेको, विभिन्न माग गर्दै भाँजो हाल्ने लगायतको प्रवृतिबाट सरकार पछि हट्न खोजेकोप्रति निराशा छाएकोे गुनाँसो गरेका थिए ।

बाणगंगा नगर कमिटि उपाध्यक्ष टेकेन्द्र क्षेत्री, नगर सचिव प्रेम विश्वकर्मा, वडा नम्बर १ का वडा कमिटि अध्यक्ष शंकर भाट क्षेत्री, वडा नम्बर १० का वडा कमिटि अध्यक्ष हात्ती राम बिटालु लगायत स्थानीय नेता, कार्यक्रताको सहभागिता रहेको थियो ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation