
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरको वडा नं २ को नयाँ बसपार्कमाक्जषनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर वडा नं २ कमिटीको पूर्ण बैठक बसेको छ। शैख मुन्नाको अध्यक्षता, प्रमुख अतिथीमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र नगर कमिटी अध्यक्ष जाबेद आलम खान, नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडे, तोफेल खान, शब्नम खातुन लगायत रहनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मशहूद खा नेपालीले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, पछडिएका, लोपोन्मुख को हक अधिकार दिलाउनमा माओबादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको तथा पार्टीका सदस्य तथा समर्थक हरूलाई देश विकास र जनताको हकहीतको आवाज उठाई आवश्यकता अनुसार सहयोग तथा नेकपा माओबादी केन्द्रको ऐजेनडा घरघरमा पुर्याउन निर्देशन दिनुभयो।
कार्यक्रममा शहिद परिवारका शैख मुन्ना लाई सम्मान गरिएको थियो। कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो। नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडेले कार्यक्रम संचालन गरेका थिए।