एमाले लुम्विनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी

बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

बर्तमान अध्यक्ष समेत रहेका कडेलले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतान्तरले पछि पार्दै बिजयी भएका हुन्। कुल खसेको ९६५ मत मध्ये कंडेलले ४७९ मत पाए भने। उनका प्रतिद्धन्धी रिजालले ४७७ मत पाए।

त्यसैगरी अन्य पदाधिकारीहरुमा मिश्रीत परिणाम आएको छ। अहिले सम्म सम्पन्न भएको मतगणनाको परिणाम अनुसार उपाध्यक्ष पदमा कंडेल समुहका भोज प्रसाद श्रेष्ठले ४५५ मत पाएर बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी रिजाल समुहका बिश्वराज बराल अनुपले ३०६ मत पाए।

पुरुष उपसचिवमा रिजाल समुहका रोल्पाका पुर्ण बुढा मगरले ४१८ मत पाएर बिजयी भने उनका प्रतिद्धन्द्धी बांकेका दुर्गा प्रसाद थारुले ३९३ मत पाए। त्यसैगरी महिला उपसचिवमा कंडेल समुहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर बिजयी भएकी छन् भने रिजाल समुहकी बांकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याएकी छन्।

सचिव पदमा कंडेलकै समुहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भैसकेका छन्। गएको १६ गते सुरु भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।

अधिवेशनको उद्घाटन सत्र र बन्द सत्रलाई सम्वोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमती गरेर जान आग्रह गरेपनि अध्यक्ष पदका आकांक्षीहरु सहमतीमा आउन नसक्दा निर्वाचन भएको थियो। पाल्पाका कंडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल संगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको थियो। अध्यक्ष ओलीले रिजालको नेतृत्वमा टिम बनाउन निर्देशन दिएका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation