सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन शनिवार

उपकार अनलाईन, सैनामैना ।
सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन शनिबार हुदैछ ।
संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशनको यही भाद्र २३ गते शनिवार सम्पन्न गर्ने निर्णय अनुसार सम्पूर्ण तयारी पूरा भएको सैनामैना व्यापार संघका कार्यवाहक अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।

सैनामैना ६ मा रहेको वाईट हाउस पार्टी प्यालेसमा साधारण सभा तथा अधिवेशन सम्पन्न हुन गईरहेको छ । संघको सातौ अधिवेशनका लागि आवश्यक सम्पुर्ण ब्यवसायी तथा संघ संस्थाहरुमा पत्रचार एव सुचना सम्प्रेषण गरिएको सैनामैना ब्यापार संघका उपाध्यक्ष दिपेन्द्र ढकालले बताउनु भएको छ ।

नेपालीहरुको चार्ड पर्व नजिकिदै गरेकोले संघले हरेक बुधबार बन्द गर्दै आएको ब्यवसाय अब देखि नियमित खुल्ला रहने समेत ब्यापार संघले जनाएको छ ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation