नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील छौँ : मेयर अर्याल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले नगरका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा गरिएका व्यापार व्यवसायको व्यवस्थापन गर्न माग गर्दै प्रदान गरिएको ध्यानाकर्षण पत्र लिदैँ उहाँले यस्तो बताउनु भएको हो ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) द्वारा हस्ताक्षरित पत्रमा हाट बजारहरुमा समेत नुनदेखि सुनसम्मका सामाग्रीहरु बिक्री बितरण भईरहेको, गुणस्तर तथा मुल्यमा उपभोक्ता ठगिएको, आधिकारीक निकायबाट अनुमति समेत नलिई कारोबार गरिएको जस्ता कार्य सुनिन आएकोले हाट बजारहरुको अनुगमन तथा नियमन गर्न, सकेसम्म कृषि उपज बाहेकका अन्य ब्यवसायलाई हाटबजारमा गर्न प्रतिबन्ध लगाई अन्यत्र स्थानान्तरण (स्थायी रुपमा) ब्यवस्था मिलाउन पनि नगर प्रमख समक्ष आग्रह गरिएको छ ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation