
प्युठान । माण्डवी गाँउपालिका जस्पुर प्यूठान र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठान बीच आँखा जाँच सम्बन्धी सम्झौता भएको छ। आज गाउँपालिका कार्यालय जस्पुरमा सम्पन्न सम्झौतामा ६० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरीकहरुलाई निशुल्क रुपमा आँखा सम्बन्धी जाँच तथा सम्पूर्ण उपचार गरीने सम्झौता भएको हो ।
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’ र प्रस्तावीत नरेन्द्र गायत्री आँखा अस्पताल प्युठानका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रकास राजभण्डारीले सम्झौतापत्र एक आपसमा हस्तान्तरण गर्नु भएको थियो।