
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका बाट शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी बाहिर जानेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही लगायतका ठाउँमा बसाई सरी जानेको सङ्ख्या अधिक रहेको पाइएको छ ।
नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख धर्मराज बन्जाडेले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९/८० शितगंगा नगरपालिका बाट कुल १६ सय ६० जना बसाई सरी अन्यत्र गएका छन । उक्त समयमा शितगंगामा जम्मा ३२२ जना बसाई सरी आएका छन । जस मध्ये सबैभन्दा धेरै वडा नम्बर ५ बाट २६३ जना बसाई सरी अन्यत्र गएका छन भने उक्त उक्त वडामा सोहि समयमा ९ जना बसाई सरी आएका छन । त्यस्तै १४ वटा वडाहरु मध्ये सबैभन्दा कम वडा नम्बर ८ बाट जम्मा ३८ जना बसाई सरेर अन्यत्र गएका छन भने ७१ जना असाई सरि आएका छन ।
वडा नम्बर १ बा १४५ जना गएका छन भने १० जना बसाई सरी आएका छन । त्यस्तै वडा नम्बर २ बाट १८७ जना बसाई सरि जाँदा १९ जना आएका छन । वडा नम्बर ३ बाट ९३ जना अन्यत्र जाँदा १४ जना वडामा भित्रिएका छन । त्यस्तै वडा नम्बर ४ मा ४८ जना बसाई सरी अन्यत्र गएका छन भने ४४ जनामा आएका छन । त्यस्तै वडा नम्बर ६ बाट १८२ जना अन्यत्र जाँदा ३ जना आएका छन । त्यस्तै वडा नम्बर ७ बाट ६९ जना बसाई सरी अन्यत्रै गएका छन, भने १६ वडामा बसाई सरि आएका छन । त्यस्तै वडा नम्बर ९ बाट ११७ जना बसाई सरि अन्यत्र जाँदा २० जना बसाई सरि आएका छन । वडा नम्बर १० बाट १४५ जना बसाई सराई गरि जाँदा १५ जना वडामा आएका छन । त्यस्तै वडा नम्बर ११ बाट ७८ जना बसाई सरि गएका छन भने १३ जना बसाई सरि अन्यत्र गएका छन । त्यस्तै वडा नम्बर १२ बाट ८२ जना अन्यत्र जाँदा २६ जना भित्रिएका छन । त्यस्तै वडा नम्बर १३ बाट १३८ जना बाहिर जाँदा १ जना वडामा आएका छन । र वडा नम्बर १४ बाट ७५ जना अन्यत्र जाँदा ६१ जना वडा भित्र बसाई सरि आएका छन ।
यसरी ब्यापक रुपमाा बसाई सरि अन्यत्र जाँदा शितगंगा र सिङ्गो अर्घाखाँचीको जनसङ्ख्या घट्ने र गउँ नै रित्तिने सम्भावना बढेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका विभिन्न सेवा सुविधा नहु्नाले नै सहरि क्षेत्रमा बसाई सर्नुपर्ने बाध्यकारी अवस्था सृजना भएको सरोकालवाला बताउने गर्दछन ।