सवारी दुर्घटना न्युनिकरणका लागि चालकको स्वस्थ्य परीक्षण सम्पन्न

प्युठान। सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको स्वास्थ्य परिक्षण कार्यक्रम आज माण्डवी-३जस्पुर प्युठानमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी’ले उदघाटन गर्नुभएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी ,लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

वडा नं.-३का अध्यक्ष धनेन्द्र कार्किको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले गर्नु भएको थियो, साथै उपस्थिति सवारी चालक लगाएतको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले मानव जीवनको महत्त्वपूर्ण पक्ष स्वास्थ्य भएको हुँदा सबैले विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation