
कपिलवस्तु । पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक क्याम्पसहरुलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनु भएको छ । पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन लाई उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
सिद्धार्थ क्याम्पस बुङ्चिमा भएको कार्यक्रममा उहाँले क्याम्पसहरुको अवधारणा स्पष्ट हुनु पर्छ, शिक्षाको गुणस्तर कस्तो बनाउने, विद्यार्थी कस्तो उत्पादन गर्ने भन्ने विषयमा प्राध्यापकहरुको विशेष योजना हुनुपर्ने बताउनु भएको छ । विद्यार्थीहरुको विदेश पलायन जस्तो गम्भिर समस्यलाई तत्काल समाधान गर्नुपर्ने भन्दै त्यसको लागि तिनै तहका सरकार र विद्यालयहरुले प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थिले प्राविधिक विद्यालयको नाममा खोलिएका शैक्षिक संस्थामा अहिले विद्यार्थी नभएको भन्दै त्यसमा हामि सबै सचेत हुनुपर्ने बताउनु भएको छ । प्राविधिक शिक्षालाई पनि साच्चिकै व्यावाहारिक बनाउन सके मात्र सबैको रोजाईमा पर्न सकिने उहाँले दाबी गर्नुभएको छ । स्वदेशी तथा विदेशी करडौ रुपैया लगाएर खोलिएका शिक्षालयमा समेत विद्यालर्थीको सङ्ख्या निक्कै कम रहेकोले त्यसमा सबै पक्ष गम्भिर बन्नुपर्ने बताउनु भएको थियो ।
यसैबिच नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । कृष्ण प्रसाद खनालको अध्यक्षतामा १५ सदस्यी कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा श्री प्रसाद भलमी, दोण प्रसाद भुसाल, हेम बहादुर थापा, अमुल कुमार पाण्डे, सचिवमा शिव प्रसाद ओलि, कोषाध्यक्षमा माधव नेपाल, सह सचिवमा जित बहादुर रासकोटि, सदस्यहरुमा दिपक लामिछाने, मधुसुदन अधिकारी चयन हुनुभएको छ ।
संघका लुम्विनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता, संघका निर्वतमान कोषाध्यक्ष रबि बहादुर काफ्लेको स्वागत एवं एदुलाल पन्तको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.विनोद प्रसाद ढकाल, वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष एवं सिद्धार्थ क्याम्पस संचालक समिति अध्यक्ष डम्मर शर्मा, संघका केन्द्रीय सदस्य माया घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।