इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक, परिवारलाई १०-१० लाख राहत

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

यसअघि शाेक हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation