
कपिलवस्तु । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी सचिव सोना पाण्डे लाई प्रदान गरिएको छ । संयोजक बिशाल अधिकारीले कार्यव्यस्तताका कारण आफुले संयोजकको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै पाण्डे लाई मंगलबार कार्यवाहकको जिम्मेवारी प्रदान गरेका हुन ।
हामि सङ्ग कुराकानी गर्दै अधिकारीले विद्यार्थीहरुका हक अधिकारको लागि आफु अग्र पङ्तिमा खट्ने भएपनि संयोजकको जिम्मेवारी भने अहिले सम्हाल्न नसकेको बताएका छन ।
यता कार्यवाहक संयोजक पाण्डेले आफु लाई उपयुक्त ठानेर प्रदान गरिएको जिम्मेवारी लाई इमान्दारीका साथ पुरा गर्ने बताएकी छन ।













