सैनामैनामा भोली देखी दशैं सस्तो बजार

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा सैनामैना व्यापार संघको आयोजनामा दशैं सस्तो बजार २०८० भोली देखी सन्चालन हुने भएको छ । दशैं सस्तो बजार सैनामैना नगरपालिका वडा नं ४ मा रहेको वडा कार्यलयको परिसरमा लगाइने संघका अध्यक्ष सुरेन्द्र पौडेलले उपकार अनलाईलाई जानकारी गराउनुभयो ।

स्वदेशी तथा गुणस्तरिय वस्तु एवं सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई सचेतना गराउने तथा आउँदै गरेको नेपालीहरुको महान चाड पर्वहरुमा आम उपभोक्ताहरुलाई ठगीनबाट वचाउन तथा स्वदेशी बजारमा खरिद गर्ने वानी विकास गराउने उद्देश्यले दशैं सस्तो बजार लगाउन लागेको व्यापार संघका सचिव चाम बहादुर क्षेत्रीले वताउनुभयो । दसै सस्तो बजारमा दैनिक उपभोग्य खाद्यान्न देखि हरेक प्रकारका सामानहरु पाईने क्षेत्रीले जानकारी गराउनुभयो ।

कार्तिक १ गतेवाट कार्तिक ३ गते सम्म ३ दिन चल्ने दसै सस्तो बजारले केही हद सम्म भए पनि सैनामैना बजार चलाएमान हुने, आम उपभोक्ताहरुले सर्व सुलभ मुल्यमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।

https://www.facebook.com/100084948543094/videos/1448850875847209

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation