मिश्रलाई काङ्ग्रेस नेता भण्डारीको जवाफ बाचुन्जेल दुख दिनेको बुद्धि पलाएछ

गुल्मी। नेपाली काङ्ग्रेसका नेता डा.चन्द्र भण्डारीले राप्रपाका वरिष्ट उपाध्यक्ष रविन्द्र मिश्रलाई गतिलो जवाफ फर्काउनु भएको छ।राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपा प्रवेश गर्दै गर्दा नेपाली काङ्ग्रेस प्रचण्डीकरण भएको ,वामवाद भएको ,विपीको समाजवादलाई लत्याएको,कत्लेआम गरेको लगाएतका गम्भिर आरोप लगाउनु भएको थियो।

समाचार संस्था हुलाक संचारसँगको एक संवादका क्रममा नेता भण्डारीले खण्डन गर्दै जवाफ फर्काउनु भएको हो। नेता भण्डारीले कटाक्क्ष गर्दै राजाको वेलामा विपीलाई प्लेनबाट झर्न नदिने, गाउँजान नदिने, जेलमा मात्र कोचेर राखेको ,स्याङ्जा जाँदै गर्दा ढुङ्गा पल्टाएर मार्ने प्रयास गरे पनि विपीले संवैधानिक राजा भनी प्रशंसा गरेको स्मरण गराउनु भयो। उहाँले फरक प्रसङ्ग वाचुन्जेल चल्न नदिने अहिले मरिसके पछि स्वार्थमा मात्र जोडेको भन्दै गम्भीर असन्तुष्टि पोख्नु भयो।यस्तै राप्रपाका बरिस्ठ उपाध्यक्ष मिश्रले राप्रपाले मात्र वास्तविक विपी वादलाई आत्मसात गरेको काङ्ग्रेसले सुलिमा चढाएको समेत आरोप लगाउनु भएको थियो।उता काङ्ग्रेस नेता भण्डारीले धेरै पछिको पञ्चायत पछिको बुझेको भन्दै मिश्रप्रति आक्रोशित हुँदै शव्द मात्र प्रयोग गर्ने कि निष्कर्ष पनि दिनु पर्छ भनी प्रश्न गर्नु भयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation