
विमल गैरे, सैनामैना ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नेकपा एमालेको नगर पार्टि कार्यलयको सभाहलमा केहि दिन अघि अज्ञात समूहले आगजनी गरेका छन् ।
दशैको मौका छोेपेर नगर पार्टि कार्यलयको सभाहलमा आगजनी भएको नेकपा एमाले सैनामैना नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले उपकार अनलाईनलाई जानकारी गराउनुभयो । आगजनीबाट सभाहल पुर्ण रुपमा क्षति भएको छ । सभाहलमा भएका साउण्ड सिस्टम, फर्निचर लगायत अन्य सामान जलेर नष्ट भएका छन् । युवा संघको व्यानर, पार्टिको झण्डामा समेत आगो लगाइएको छ भने भित्तामा के.पि. ओली मूर्दावादको नारा समेत लेखिएको न्यौपानेले जानकारी गराउनुभयो ।
आगजनी भएको खवर केहि दिन ढिला आफुलाई जानकारी भएको र आफुले जनाकारी पाउने वित्तिकै प्रहरीलाई खवर गरी अहिले प्रहरीले अनुसन्धान गर्न सुरु गरेको नगर अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो । आगजनी किन, कस्ले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।