लुम्बिनी बाट महासचिव गुटेरेसको आग्रह : युद्धरत देश शान्तिको बाटोमा जानुहोस्

काठमाण्डाै । संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको छ ।

आज मङ्गलवार बिहान पोखराबाट अन्नपूर्ण आधार शिविर जानुभएका गुटेरेस फेरि पोखरा फर्किएर लुम्बिनी पुग्नुभएको हो । महासचिव गुटेरेसले लुम्बिनीबाट युद्धरत देशहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्नुभयो । गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा खुशी लागेको भन्दै गुटेरेसले युद्धरत देशलाई शान्तिको बाटोमा लाग्न आग्रह गर्नुभएको हो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्रसमेत रहेको बताउनुभयाे । गुटेरेसकाे लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको भन्दै प्रचण्डले उहाँलाई धन्यवाद दिनुभएको छ ।

झन्डै दुई घण्टा लुम्बिनीमा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किँदै हुनुहुन्छ । उहाँले अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

May be an image of 10 people

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation