
कपिलवस्तु । भ्रष्टचार विरोधी आन्दोलनका लागि तयार हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले कपिलवस्तुका कार्यक्रतालाई निर्देशन दिनुभएको छ । पछिल्लो समय देशमा भ्रष्टचार मौलाईरहेको, सहकारी बाट सोझासाझा जनता ठगिएको, धर्म संस्कृति, राष्ट्र, राष्ट्रियता प्रति अराजक तत्तवले धावा बोलिरहेको भन्दै त्यसका विरुद्धमा प्रदर्शन गर्नको लागि तयार हुन उहाँले निर्देशन दिनुभएको हो ।
आज नविन राप्रपाको कार्ययोजना २०८० को भुगोल केन्द्रित जिम्मेवार बाडफाँड कार्यक्रममा बोल्दै उहाँले अब राप्रपालाई नयाँ ढङ्ग बाट अगाडि बढाउन यस कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । नयाँ कार्यसमिति र कार्यक्रतालाई जनताको पक्षमा इमान्दार भएर काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । रायमाझीले अहिले मुलुक इतिहासकै कठिन अवस्थामा रहेको भन्दै राजा सहितको हिन्दु राज्य आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेशसभा १ (ख) का उमेदवार रोशन शाह, शुद्धोधन गाउँपालिका अध्यक्ष विजय कुमार पान्डे, शुद्धोधन गाउँपालिका गत निर्वाचनका उमेदवार मोहमद शाह, युवकका केन्द्रिय सदस्य बहुरहन पान्डे लगायतले बोल्दै अब देशलाई अगाडि लैजान राप्रपाको विकल्प नरहेको बताउनु भएको थियो ।
यसैबिच अज नविन राप्रपाको कार्य योजना २०८० को भुगोल केन्दि«त जिम्मेवार बाडफाड अनुसार ४० बर्ष मुनिका युवा र महिला मैत्री कार्यसमिति शुद्धोधनका दुई वटा वडामा गठन गरिएको छ । वाड नम्बर ४ र ५ मा नयाँ कार्यसमिति गठन गरिएको हो ।
जस अन्तर्गत वडा नम्बर ४ को अध्यक्षमा उपेन्द्र यादव, उपाध्यक्षमा अब्बास अलि, पुनिता पासि, कोषाध्यक्षमा अबिषास रजक, सचिवमा जगदिस प्रजापति, सदस्यहरमा डेनल यादव, रक्षाराम यादव, सन्तोष गौतम, राम मिलन यादव, धनिराम पार्खि रहनुभएको छ । त्यस्तै महादेव बुथ कमिटिको अध्यक्षमा प्रमोद कुमार प्रजापति मुर्कुटावाको बुथ कमिटिमा बनकाई पाठन रहनुभएको छ ।
त्यस्तै वडा नम्बर ५ को अध्यक्षमा सुरज चौधरी, उपाध्यक्षमा सन्ताराम कुर्मि, कोषाध्यक्षमा लहाबु गिरि, सचिवमा सुनिता हरिजन, सदस्यहरुमा धनराम चौधरी, उमाशंकर गिरि लगायत रहनुभएको छ ।
कार्यक्रम उपेन्द्र यादवको अध्यक्षता, केन्द्रिय सदस्य तथा उक्त भुगोलमा खटिनु भएका धुर्व रायमाझीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य डा.माधव पन्थिको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।