प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन

पहिरोले अबरुद्ध प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन । भालुबाङ सडक खण्ड अन्तर्गत बगास्वतीमा भासिएको सडक निर्माण र सिमलचौरको पहिरो पन्छाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिनु भयो।

प्रहरी प्रवक्ता थापाका अनुसार अहिले वैकल्पिक सडक खण्डहरु खुलाउने प्रयास भैरहेको छ। बैकल्पिक सडकहरु पनि अबरुद्ध हुँदा यात्रुहरुलाई सास्ती भैरहेको छ । अहिले प्युठान सहित आसपासका क्षेत्रमा पानी पर्ने क्रम भने रोकिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation