सुरु भयो १४ औँ कपिलवस्तु महोत्सव, भोलि कुनकुन कलाकार आउने ?

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आजदेखि १४ औँ कपिलवस्तु महोत्सव सुरु भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा महोत्सव सुरु भएको हो । २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको आज प्रतिनिधि सभा सदस्य तथा काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले उद्घाटन गर्नुभएको छ । महोत्सव लाई भब्य रुपमा सफल पार्नको लागि जिल्लाका हरेक क्षेत्रका व्यक्ति, संघसंस्थाहरुले सहयोग विश्वास लिएको महोत्सव संयोजक राजकुमार खाँणले बताउनुभयो ।

यसैबिच महोत्सवको दोस्रो दिन भोलि २२ गते गायक गायिकाहरु अनु चौधरी, प्रिन्स लम्साल, रेशम निर्दोश र संगिता चितौरेको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै अहिलेको महोत्सवमा प्रमुख आकर्षणको रुपमा रहेको रेस्लिङ प्रतियोगिता पनि भोलिदेखि सुरु हुने आयोजकले जनाएको छ ।

यसैबिच यस वर्षको महोत्सवको टिकट दर सस्तो बनाइएको छ । दर्शकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०÷१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अनय सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको छ । संयोजक खाँणले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने निर्णय गरेको समते बताउनुभयो । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने उहाँले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation