त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुनकाे छानबिन गर्न समिति गठन

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनकाे छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै आज शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको गरेको हो ।

पत्रकार सम्मेलनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक पाण्डेले गए राति सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घलेलाई प्रहरी थुनामा राखिएको बताउनुभयो । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ बजेर ४० मिनेटमा काठमाण्डाै ओर्लिएका घलेलाई विमानस्थल भन्सारले ७ थान बिस्कुट आकारकाे सुनसहित पक्राउ गरेकाे थियाे । यस प्रकरणमा संलग्न भएकाे भन्दै प्रहरीले गाेरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरेकाे छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation