गुल्मीमा दुई बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

गुल्मी । गुल्मीमा दुई बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ गरी प्र्रहरीले अदालतमा मुद्दा चलाएको छ ।

बाग्लुङको बरेङ गाँउपालिका–१ घर भई हाल गुल्मीको कालिगण्डकी गाँउपालिका बस्ने जाहेरवाली परिवर्तित नाम ४६ कालिगण्डकी (३) र अर्का जाहेरवाली परिवर्तित नाम ४६ कालिगण्डकी (१) को जाहेरी परेपछिले पर्वतको बिहादी गाँउपालिका६ घर भई हाल जिल्ला गुल्मी कालिगण्डकी गाँऊपालिका वडा नं.६ बस्ने खिम प्रसाद भट्टराईलाई मङ्सिर २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज विरुद्ध करणी सम्बन्धी कसुर (बालयौन दुरुपयोग) मुद्धा अनुसन्धानको सिलसिलामा २६ गते सम्मानित गुल्मी जिल्ला अदालतको आदेशले पहिलो पटक दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation