कपिलवस्तुका जनप्रतिनिधिद्वारा छाडा पशु चौपाया व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ । छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको रुपमा देखिएकाले उक्त समस्याको समाधानको माग सङ्गै जाजरकोट भुकम्प पीडित प्रधानमन्त्री उद्धार कोषमा जिल्लाको तर्फ बाट २२ लाख प्रदान गरिएको हो ।

उक्त कार्यक्रमा कपिलवस्तुका प्रतिनिधि सभा सदस्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल, बुद्धभुमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह, विजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले छाडा पशुचौपाया नेपालका धेरै जिल्लाको प्रमुख समस्याको रुपमा रहेको भन्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । त्यस्तै भुकम्प उद्धार कोषमा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation