पाण्डु माध्यमिक विध्यालयकाे ६३ औं बार्षिकाेत्सब कार्यक्रम भब्यताका साथ उद्घाटन

पाण्डु माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव साेमबार एक समारोहका बिच उद्घाटन भएको छ । कार्यक्रममा जयपृथिवी नगरपालिका का नगर उप प्रमुख रतन बहादुर सिहले विद्यालयको मान र शैक्षिक गुणस्तरलाई बलियो बनाउन सबै काे दायित्व उत्तिकै रहेकाे बताउनु भयाे। पाण्डु माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समाराेहमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गंग खड्का को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जयपृथिवी नगरपालिका का नगर उप प्रमुख रतन बहादुर सिंह रहनु भएकाे थियाे।

तेस्तै विशिष्ट अतिथि जयपृथ्वी नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत राम बहादुर खड्का , सत्यवादि माध्यमिक बिध्यालय का पुर्ब प्रधानाध्यापक ,लाल बहादुर खड्का, पूर्व प्रअहरू,पूर्व बिद्यालय व्यावस्थापन समितिका अध्यक्षहरू,सदस्यहरू,जनप्रतिनिधिहरू,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकारहरू, अभिभावक र विभिन्न सरोकारवालाहरूको गरिमामय उपस्थिति रहेको थियो ।विद्यालयको बार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक जनक उपाध्याय ले प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका शिक्षक श्याम बहादुर खातिले राख्नु भएको थियाे।

कार्यक्रम संचालन शिक्षक जन्मजय जोशीले गर्नु भएको थिए ।विद्यालयको बार्षिक उत्सव कार्यक्रममा परोपकारी मन भएका जग्गा दाताहरु डवल खड्का ,इन्द्र खड्का र हरि खड्का लाई सम्मान समेत गरेकाे थियो । पाण्डु माध्यमिक विद्यालयमा अहिले ४ सय ३६ जना बिद्यार्थीहरू अध्यानरत रहेका छन् । साथै विद्यालयको बार्षिक उत्सव कार्यक्रमको अवसरपारि सत्यवादि माध्यामिक बिध्यालय का पुर्ब प्रधानाध्यापक लाल बहादुर खड्का ले आफ्ना स्वगृय बुबा धौले खड्का र छोरा हिरेन्द्र खड्का को स्म्तिमा छात्रवृत्ति कोष स्थापना गर्नु भयको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation