
कपिलवस्तु । पार्टीलाई रुपान्तरण गर्दै जनता माझ जाने उद्देश्यले नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ कपिलवस्तुको बाणगंगामा विभिन्न कार्यक्रम र समिक्षा गर्दै सम्पन्न भएको छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभर तीन महिने अभियान सञ्चालन गरेको थियो ।
घरघरमा माओवादी जन जनमा माओवादी भन्ने आभियान सँगै बाणगंगामा पनि जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा तथा समापन भएको हो ।
समिक्षा कार्यक्रममा सहभागीहरुले पार्टीलाई कसरी अगाडि बढाउने, युवा वर्गलाई रोजगारीमा कसरी आवद्ध गराउने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या लगायतका विषयमा गुनासाहरु राखेका थिए । त्यस्तै सहभागीहरुले पद भन्दापनि जनताका समस्या र गुनासाहरु सुन्न सक्ने व्याक्ति जिम्मेवार पदमा बस्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य छमकुमारी खनाल (चिनारी) ले नेता जनताको लागि बन्ने भएकाले अभियान सकिएपनि आफुहरु जनता सङ्गै रहेको बताउनुभयो । पार्टीलाई बलियो बनाउन टोल बाटै सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले सरकारले राम्रो काम गरिरहँदा पनि प्रतिगामी पक्षहरुले नराम्रो पक्षको उजागर गरिरहेको समेत बताउनुभयो ।
प्रदेश कमिटी सदस्य दिनेश पुनले माओवादी विषेश रुपान्तरण अभियान निक्कै उपलब्धिमुलक रहेको दाबी गर्नुभयो । अभियान सकिएपनि आफुहरु जनता सङ्गै रहेर जनताका सुख दुखमा साथ दिने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रदेश सल्लाहकार सदस्य भोजराज आचार्यले लामो संघर्ष र त्याग तपस्याका कारण निर्माण भएको पार्टीले निरन्तर जनताका आवाज बोलिरहेको बताउनुभयो ।
प्रदेश परिषद सदस्य हुमनाथ पौडेलले माओवादी विषेश रुपान्तरण अभियानले जनतामा सकारात्मक सन्देश छाडेको भन्दै माओवादी जनता सङ्गै रहेको बताउनुभयो । त्यस्तै उहाँले बाणगङ्गा र सिङ्गो कपिलवस्तुमा छाडा पशुचौपायाको समस्या समाधान हुन नसकेको भन्दै किसान सबैभन्दा पीडित बनेको बताउदै यसको समाधानमा सबै जुट्नु पर्ने बताउनु भयो ।
अभियान समापनका क्रममा पार्टीको गतिविधिको समीक्षा, वर्तमान स्थिति तथा आगामी कार्ययोजनाका बारेमा स्थानीयस्तरमा छलफल समेत भएका छन् । अभियानबाट पार्टी जनतासँग जोडिएको तथा जनताको असली सहयोगी माओवादी केन्द्र नै हो भन्ने बुझाइ बढेको माओवादी केन्द्रको निष्कर्ष छ ।
कार्यक्रममा कार्यवाहक नगर अध्यक्ष टेकेन्द्र कुमार क्षेत्रीको अध्यक्षता र सचिव प्रेम वि.क. को सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्य सदस्य टोपनारण बेल्बासे, नगर कमिटी सदस्य रेवता पौडेल, बैद्धिक नेता प्रेमराज घिमिरे उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल कोपिल, पाटीका नेता तथा कार्यकर्ताको समेत उपस्थित रहेको थियो ।














