
कपिलवस्तु । उद्योग ब्यापार संघ ,कपिलवस्तुलाई ब्याबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक कार्यहरु गरेको आधारमा उत्कृष्ट संघको रुपमा सम्मान गरियलेको छ ।
नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अबसरमा उर्जा मन्त्री शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भन्डारीले उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” लाई सम्मन पत्र प्रदान गर्नु भएको हो ।
संस्था खुलेको निकै छोटो समयमा नै उद्योग व्यापार संघले व्यपारीको हकहितमा काम गरेको भन्दै केन्द्रबाट सम्मानित भएको हो ।
स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भयको छ ।