
दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।
सुवेदी रोल्पाका नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए ।
गठबन्धनका तर्फबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटाको उम्मेदवारी दर्ता हुँदैछ । एमालेबाट महिलातर्फ दाङकी तुलसा कुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २ सय १८ पालिकाका जनप्रतिनिधि गरी ३ सय ५ जना मतदाता छन् ।