
कपिलवस्तु । पछिल्लो ६ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा मात्रै २६ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०र ८१ को तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जिल्लाभित्र १०२ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी २६ को मृत्यु भएको तयाङ्क छ ।
सबैभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे ९मोटर साइकल ० बाट ८३ वटा दुर्घटना भएको पाइएको छ । ट्रकबाट २ जनाको मृत्यु भएको छ भने बसबाट २ जना, जिपबाट २ जना, ट्याक्टरबाट २ जना र अन्यबाट २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।
दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष १६ जना रहेका छन् भने ६ जना महिला , बालक ३ जना र १ जना बालीका रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
दुर्घटना भित्री सडकमा बढी भएको पाइन्छ भने दुर्घटनाको प्रमुख कारण चालको लापरवहि , मादक पदार्थहरू सेवन गरेर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, पैदल यात्रीहरूमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको प्रहरीले बताएको छ ।
६ महिनाको अवधिमा २० हजार ७६ सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको ट्राफिक प्रमुख भण्डारीले जानकारी दिए । यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्ने ढुवानी तथा सवारी साधनलाई कारबाही गरेको ट्राफिक कार्यालयले जनाएको छ ।