तेस्रो नमूना युवा संसद लुम्बिनी २०८० सम्पन्न

उपकार अनलाईन, सैनामैना ।
सङ्घीय संसद्को झल्को दिनेगरी रुपन्देहीमा नमुना युवा संसद् अभ्यास गराइएको छ । परिवर्तित सोच परिवर्तित युवा परिवर्तित राष्ट्रको नारालाई आत्मसाथ गरि विगत ५ वर्ष भन्दा धेरै समय देखि नमुना संसद गराउँदै आएको संस्था नयाँ युवा नयाँ सोच नेपाल नामक संस्थाले सङ्घीय संसद्को झल्को दिनेगरी रुपन्देहीमा रहेका करिब ३० भन्दा बढी विद्यालयका विद्यार्थीहरुबिच नमूना युवा संसद गरेको हो ।

No description available.

रुपन्देही जिल्ला भित्र रही विभिन्न विद्यालयमा अध्ययनरत विशेषगरी कानुन सङ्काय, विज्ञान संकाय ,केही व्यवस्थापक संकाय, केही मानविकी र केही शिक्षा सङ्कायका विद्यार्थीलाई नमुना सांसदको रुपमा प्रस्तुत गर्नुका साथै देशका विभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै सङ्घीय सांसद बन्नुभएका नमुना युवा सांसदहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका समस्याहरू भने तथ्यगत रूपमा प्रस्तुत गरेका छन् । अझै पनि जनताका प्रमुख आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडकलगायतका विकासमा पर्याप्त ध्यान पुग्न नसकिरहेको र समाजमा पुरातनवादी सोच हट्न नसकिरहेको भन्दै यसप्रति सरकारलाई उत्तरदायी बन्न नमुना युवा सांसदहरूले आग्रह गरेका छन् ।

No description available.

कार्यक्रमममा नमूना सासंदहरुलाई बोल्नको लागि शून्य समय,विशेष समय प्रदान गरिएको थियो । त्यसैगरि उक्त नमूना संसद चलिरहेकै बेला सत्ता पक्षको भूमिका निभाई सरकारको तर्फबाट माननीय शिक्षा मन्त्रीले विद्यालय शिक्षा विधेयक पेस गर्नुभएको थियो जसमा प्रतिपक्षमा बस्नुभएका नमूना सासंदहरुले आफ्नो खण्डन समेत प्रस्तुत गर्नुभयो भने केही सासंदहरुले दफावार,सैद्धान्तिक छलफलमा बोल्नको लागि भाग लिनुभएको थियो ।

No description available.

संसद चलिरहेकै समयमा प्रतिपक्षबाट सरकारको कामप्रतिको लापरवाही, मनपरितन्त्र,बेथितिका विरुद्ध नाराबाजी समेत भएको थियो । देशमा भएका वास्तविक घटनालाई नमूना सासंदहरुले सत्ता पक्षको भूमिका निर्वाह गरेको सरकार समक्ष जवाफ,स्पस्टिकरणकरण एवं सुझाव प्रस्तुत गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation