१० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न

कपिलवस्तु । ‘स्थानिय कला संस्कृतिको जगेर्ना गरौँ, बरादह लाई धार्मिक एवम पर्यटकिय स्थलमा प्रवदर््धन गरौँ’ भन्ने मुला नारा सहित १० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ को आयोजना, प्रगतिशिल युवा क्लब र शिर्जनशिल युवा क्लबको सहआयोजनामा पर्यटकिय स्थल, जिल्लाकै गोही पाईने एक मात्र स्थान बरादह (ताल) किनारामा मेला सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गदै अर्घाखाँची जिल्ला समन्वय समिति पृर्व जिल्ला उपप्रमुख ऋिषी बहादुर पुलामीले जिल्लाको समग्र विकासको लागि पर्यटकिय क्षेत्रको विकास गर्दै हाम्रा मौलिक धर्म, संस्कृति र परम्परालाई जोगउनुपर्ने बताउनुभयो । बरादहको प्रवदर््धनको लागि एक दिन सांस्कृतिक मेला लगाएर मात्र नपुग्ने भएकाले यस क्षेत्र आसपासका पर्यटकिय क्षेत्र सङ्ग जोडेर समग्र विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

No description available.

त्यस्तै मेलाको समापन गर्दै शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिम के.सी. ले वडा भित्रका पर्यटकिय क्षेत्रको विकासको लागि आफुले पालिका सङ्ग पहल गर्ने बताउनुभयो । मेला अयोजना गर्न सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद दिदै आगामि दिनमा पनि यस्ता मेलालाई निरन्तरता दिने उहाँले बताउनुभएको छ ।

वडा सचिव हेमन्त कुमार भट्टराई, वडा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा विभिन्न संस्कृति झल्किने झाँकि प्रदर्शन प्रतियोगिता, नृत्य प्रतियोगिता समेत रहेको थियो । त्यस्तै गत पौष २८ र २९ गते भएको वडा स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न स्थाल हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रम वडा सदस्य खुम बहादुर लुँईचेको स्वागत तथा शिक्षक पुर्ण बहादुर के.सी. र सञ्चारकर्मी अनिता क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation