पाल्हिनन्दनबाट लागूऔषधसहित चार जना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका छन । पाल्हिनन्दन गाउँपालिका(४ लोहरौलीमा रहेको एक गेस्ट हाउसको कोठामा कारोबार हुँदै गर्दा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका (३ बेलासपुर बस्ने ३० वर्षीय जमालुद्दीन नाउ, २४ वर्षीय विक्रम सहनी, २२ वर्षीय सन्तोष गोसाई र पाल्हिनन्दन(४ लोहरौलीका २५ वर्षीय सोनु पटेल रहेका छन् । उनीहरूको साथबाट विभिन्न तीन प्रकारका १५० एम्पुल लागूऔषध बरामद भएको छ ।

लागूऔषध खरिद बिक्री तथा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरू बसेको ठाउँमा छापा मारेको थियो । पक्राउ परेका चारै जनालाई लागूऔषध ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation