
कपिलवस्तु । दोस्रो प्रगतिनगर महोत्सव एवम कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यहि माघ २६ गते देखि हुने भएको छ । प्रगतिनगर सेवा समाज कपिलवस्तुको आयोजना तथा शुद्धोधन गाउँपालिकाको संरक्षणमा लाग्ने महोत्सव फागुन ७ गते सम्म सञ्चालन हुने समाजका अध्यक्ष समिर अर्यालले बताउनुभयो ।
महोत्सवले पालिका सहित समग्र जिल्लाको कृषि, पर्यटन सङ्गै व्यपार व्यवसायलाई प्रवद्र्धन गर्न विशेष भुमिका खेल्ने अध्यक्ष अर्यालले बताउनुभयो । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने उहाँले बताउनुभयो । महोत्सवमा राष्ट्रिय कलाकार सहित स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि उहाँले बताउनुभएको छ ।