
कपिलवस्तु । सुपादेउराली माता मन्दिर पिपरा कपिलवस्तुले पछिल्लो ५ आर्थिक वर्षमा १ करोड १८ लाख बढी कुल आम्दानी गरेको छ । आइतबार भएको मन्दिरको आठौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा कोषाध्यक्ष नहकुल शाहीले पछिल्लो पाँच आर्थिक वर्षमा १ करोड १८ लाख ७१ हजार ७२६ रुपैयाँ ५० पैसा आम्दानी गरेको बताउनु भएको हो ।
मन्दिरको प्राङ्गणमा भएको उक्त कार्यक्रममा कुल आम्दानी मध्ये १ करोड ९८ हजार ८५३ रुपैयाँ ९० पैसा खर्च भएको उहाँले जानकारी गराउनुभयो । कोषाध्यक्ष शाहीले आर्थिक वर्ष २०८०/८१ को लागि ३३ लाख ९२ हजार रुपैयाँको अनुमानित आम्दानी समेत प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस क्षेत्रकै महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल भएकाले यसको प्रर्वद्धनका लगि नगर प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । मन्दिरमा कपिलवस्तुका मात्र नभएर छिमेकी जिल्ला बाट पनि भक्तजन आउनेमा आफु अवगत रहेकोले यसको व्यवस्थित विकासको लागि मन्दिर सञ्चालक समिति र नगरले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले सुपादेउराली मन्दिरको विकासको लागि वडा सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष तेज बहादुर जि.सी. ले पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति बाक्लिए सङ्गै भौतिक संरचना विस्तार गर्दै लगेपनि अझै आवश्यक जति पुरा हुन नसकेको बताउनुभयो । मन्दिरमा अझै पार्किङ, रात्रिकालिन सुरक्षा, सभाहल निर्माण लगायत विभिन्न कामहरु अत्यावश्यक रहेकोले वडा र नगर सङ्ग सहयोग मागेर त्यसको व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रम बाट मन्दिर संरक्षक समितिको वार्षिक प्रतिवेदन, सह–सचिव दयाराम पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष नहकुल शाहीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन लगायतका प्रतिवेदन पारित भएका छन ।
कोषाध्यक्ष नहकुल शाहीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पुर्व कार्यसमितिका पदाधिकारी, कर्मचारी, आजिवन सदस्य लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा मन्दिर सञ्चालक समितिका पदाधिकारी, आजिवन सदस्य, सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।