वार्षिक उत्सवमा अप्सन बुटिकद्वारा न्यानो कपडा बितरण

कपिलवस्तु । अप्सन बुटिक तथा फेसन डिजाइनरले न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरेको छ । पसलको दोस्रो वार्सिक उत्सबको अवसर पारी बिपन्न परिवारलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको पसलका संचालक सुरेश क्षेत्रीले बताउनु भयो ।

जिल्लाको बाणगङ्गा नगरपालिका चारनम्बर जितपुरमा अवस्थित बुटिकले वाणगङ्गा १ उत्तमनगर डाडाकुलाका बिपन्न परिवारका ३० जनालाई उक्त सामग्री बितरण गरेको हो । फेसन डिजाइनमा छोटो समय देश बिदेशमै चर्चा कमाउन सफल अप्सन बुटिकले वार्सिक अवसरमा सामाजिक कार्य गरेको हो ।

महङ्गो रकम खर्चियर पार्टी प्यालेसमा कार्यक्रम गर्नु भन्दा सामाजिक काम तर्फ जोड दिएको सन्चालक क्षेत्री को भनाइ छ । यसका साथै बुटिकको हरेक वार्सिक उत्सबमा आफुले सामाजिक कार्य गर्ने अम्बिका क्षेत्रीले बताउनु भयो । न्यानो कपडा तथा स्टेशनरी पाएपछी बालबालिका खुसी भएका छन ।

कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य टोपकला बिसी, हरिबहादुर क्षेत्री तथा टोल बिकास समिति अध्यक्ष अन्जना पहराइ तथा अम्बिका खडका क्षेत्री लगाएतको उपस्तिथि रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation