पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरीले निरीक्षक श्रीराम भट्टले रम्भा गाउँपालिका –१ असर्दीका २८ वर्षीय हेमन्त जिटी मृत्यु भएको बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको भट्टले जानकारी दिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation