महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न

कृष्णनगर  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हालमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज समापन भएको छ। कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान , भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन, तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिला लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी बरिष्ठ नायब निरिक्षक ऋषि पछाईले सहजीकरण गरेका थिए।

संविधानमा महिला सम्बंधि हक, न्यायिक समितिको काम कर्तव्य अधिकार, वहु विवाह, दाइजो प्रथाले समाजमा पारेको प्रभाव लगायतका बिषयको बारेमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नुभयो। तालिममा सहभागी हरूले महिलाको हक अधिकार सम्बंधि कानूनको बारेमा विस्तृत जानकारी दिएकोमा हार्दिक आभार व्यक्त गर्दै गाँउ घरमा गएर समेत कानूनी प्रावधान सम्बंधि जानकारी दिने सहभागी हरूले प्रतिबद्धता व्यक्त गरेका थिए।

कृष्णनगर नगरपालिकाको आयोजनामा दुई दिने तालिममा चालीस जना महिला हरूको सहभागी रहेका थियो भने अन्य व्यवस्थापनको भूमिका समेत कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय ले निर्वाह गर्नुभयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation