दाङमा छतबाट खसेर एक किशोरीको मृत्यु

दाङ । तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवाकी १८ वर्षीया कल्पना केसी शुक्रबार बेलुका आफ्नै घरको एकतला माथिबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचनाअधिकारी प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

किशोरी एक्कासी छतबाट खस्दा टाउकोमा चोट लागेको थियो । उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँकेमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको मल्लले जानकारी दिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation