सिद्धिपुरका स्थानीयद्वारा भूमि टुक्र्याउने प्लटिङकाे बिराेध

काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६ सिद्धिपुर भनिने नेपालभाषामा “थसि” अर्थात् सानागाउँका स्थानीयले आफ्नो वडा क्षेत्रमा स्थानीयलाई भेदभाव र अन्यायपूर्ण ढंगबाट क्षति पु¥याउने गरी बनाइने नयाँ संरचनाका लागि भूमि टुक्र्याउने प्लटिङ अस्वीकार गरेका छन् ।

शुक्रबार स्थानीय भूमिपुत्र किसानहरुको एक टोलीले स्थानीय वडा कार्यालयमा जुलुस सहित वडाध्यक्ष धर्म महर्जनलाई भेटेर पहिले कृषि तथा सांस्कृतिक क्षेत्र र पछि सांस्कृतिक तथा आवास क्षेत्र बनाइएको सिद्धिपुरमा सुमंगलम फुड्स् प्रा. लि. ले माग गरे बमोजिम जग्गा कित्ताकात गर्न नहुने भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

यसै क्रममा वडाध्यक्ष महर्जनले आफू र आफ्नो कार्यालयले स्थानीय जनताको भावनाविपरित कुनै काम नगर्ने स्पष्ट पार्दै सिद्धिपुरको भूमि स्थानीय जनताकै चाहना अनुरुप उपयोग गर्ने स्पष्ट पार्नुभयो ।

त्यस क्रममा स्थानीय कृष्ण कुमार महर्जन र किरण महर्जन लगायतले सिद्धिपुरलाई आफ्नै माैलिकता अनुृूरूप विकसित गर्न दिनुपर्नेमा जोड दिँदै स्थानीय तहले जनताका चाहनाविपरित कसैलाई मनपरी गर्न दिन नहुने माग गर्नुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation