
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ । यहि माघ २३ गते हुने संघको निर्वाचनको तयारीको लागि विभिन्न महत्वपुर्ण निर्णय गर्दै सघंकौ आफनै सभाहलमा बैठक सम्पन्न भएको हो ।
बैठकले संघका कानुनी सल्लाहकार गुणानिधि भुसाललाई प्रमुख निर्वाचन आयुक्त तोक्ने निर्णय गरेको संघका महासचिव मनोज पौडेलले बताउनुभयो । त्यस्तै पुर्व कानुनी सल्लाहकार रविराज आर्चार्य र कुशल पौडेललाई निर्वाचन आयुक्त तोक्ने निर्णय गरेको पौडेलले बताउनुभयो ।
त्यस्तै संघको साधारण सभा तथा अधिवेशनको उद्घाटन नेपाल सरकारका आर्थमन्त्री प्रकास शरण महतले गर्ने जनाइएको छ । निर्वाचनको लागि संघमा आवद्ध २ हजार ६७ जनाले भोट हाल्न पाउने छन । त्यस्तै बैठकले संघको अक्षयकोषमा २१ लाख रुपैयाँ थप्ने पनि निर्णय गरेको छ । यसअघि सो कोषमा २० लाख रहेकोमा थप २१ लाख गरी ४१ लाखको कोष बनाइएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । ब्यवसायीहरु भवितब्य घटनामा पर्दा तथा आपतकालिन समस्याको सामाधानका लागी अक्षयकोषमा २१ लाख थप गरिएको अध्यक्ष घिमिरेले बताए ।
बैठकमा कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, देवि पाण्डे, यज्ञ भट्टराई, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बर्तमान अध्यक्ष डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर लगायतले आआफनो धारणा राखेका थिए । सघंको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन यही माघ २३ गते हुदैँछ ।