जापानमा नुवाकोटका अनुज मृत फेला

काठमाडौं । जापानमा नुवाकोटका एक युवा मृत फेला परेका छन्।

चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय अनुज कार्की गत शुक्रबार  स्थानीय पार्कमा मृत फेला भेटिएको पारिवारिक स्रोतले जनाएको छ। उनी पछिल्लो समय सुजुकी गाडी कम्पनीमा कार्यरत थिए।

अनुजको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ​ मृतकका काइँला दाइ अमृत जापानमै रहेकाले शव नेपाल ल्याउने पहल गरिरहेका छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation