विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। अर्धठोस बनाएर ल्याएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

सोमबार राती फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिइ जाँच गर्ने क्रममा सुन समेत फेला परेको हो।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation