रुपन्देहीको चरंगेमा रहेको त्रिसुली खोलामा डुवेर एक किशोरको ज्यान गयो

बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खाेलामा डुवेर एक किशाेरकाे ज्यान गएकाे छ।

साथीहरू संग घुम्न गएका पाल्पाका सिलव रायमाझीकाे डुवेर मृत्यु भएको प्रहरी जनाएको छ।रुपन्देहीको तिलाेत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलको नविन ओैधाेगिक कद्धरवहादुर रिता रायमाझी बिद्यालयमा अध्यायन गर्दै आएका सिलव सहित ६ जना साथीहरू मिलेर चरंगे गएका थिए।

साथीहरू संग पाैडि खेलेर फर्किने क्रममा सरिरमा हिलाे लागेको देखेपछि सिलव हिलाे पखाल्न भन्दै पुनः खाेलामा गएकाे संगै गएका बिप्लव पुरीले बताए।

हामी संगै पाैडि खेलेर खाेला किनारमा बसेका थियौ कपडा लगाईसकेपछि कपडामा लागेको हिलाे पखाल्न भन्दै सिलव  खाेला किनारमा पुगेका थिए चिप्लिएर लडेछन् निकाल्ने प्रयास गर्दा गर्दै सकिएन उनले भने।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation