
रुपन्देही । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएकी छन् ।आइतबार दाङको घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरूलाई निर्क्योल गरी शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने बताइन् ।
उनले संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै न्याय प्रक्रियामा ढिलाइ भएकाले छिटोभन्दा छिटो यस विषयलाई टुङ्ग्याउने जनाइन् ।
मन्त्री शर्माले घोराही ६ र ७ नम्बर वडाका मृतक सहिद कृष्णी चौधरी (आस्था), अर्जुन चौधरी (क्षितिज), निराजन चौधरी (सङ्केत), शालिकराम चौधरी (सुवर्ण), हिमली चौधरी (दीक्षा), सितल चौधरी (सितल), गोवर्धन कोरी, लक्ष्मण उपाध्याय (राजन), वसन्त सुवेदी (कुमार) को सालिक माल्यार्पण गरेसँगै जिल्लामा रहेका सहिद परिवारसँग भेटघाट भेटघाट गरेकी छन् ।












