हातेमालो टोल विकास संस्थाको ५ औं अधिवेशन सम्पन्न

बिराट पहारी । हातेमालो टोल विकास संस्था तानसेन नगरपालिका वडा नं १, नमूना भिलेज पाल्पाको १५ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन भव्यरुपमा सम्पन्न गरेको छ । उदघाटन सत्र विजय प्रकाश आलेको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद माननीय श्री वीर बहादुर रानाको प्रमुख आतिथ्यता तथा सशस्त्र प्रहरी बल पाल्पाका गुल्मपति प्रहरी नायव उपरीक्षक श्री श्याम संगति महर्जनको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको छ ।

अध्यक्ष विजय प्रकाश आलेले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो भने प्रशंसा चौहान, अनु राना, उर्मिला शर्मा, तुलबिर पचभैया, खुम राना, नारायणी खनाल र प्रमुख अतिथि माननीय वीर बहादुर रानाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत संस्थाको उपाध्यक्ष चम्पादेवी थापा र संचालन बबिता कवरले गर्नुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation