माओबादी केन्द्र सैनामैनामा वडा नंं. ६ को अधिबेशनः अध्यक्षमा जुद्ध बहादुर विक

सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना वडा नं. ६ को अध्यक्षमा जुद्ध बहादुर विकलाई चयन गरेको छ । शनिवार सम्पन्न तेस्रो वडा अधिबेशनले विकलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा विमला परियार सचिबमा चित कुमारी राष्कोटी, सह–सचिवमा रञ्जु विक, कोषाध्यक्षमा निर्मल विश्वकर्मा सहित २५ सदस्यीय वडा समिती गठन भएको छ ।

तेस्रो वडा अधिबेशनमा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सम्मेलनले पार्टीमा नयाँ उर्जा पैदा भएको प्रतिक्रिया दिनुभयो । उहाले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताउनुभयो । वर्तमान सरकारले गरेकोे कुकर्मका कारण जनता माओेवादी नै सही हो भन्ने निष्र्कशमा पुगेको उहाकोे भनाई छ ।

यस्तै विशिष्ठ अतिथि नेकपा माओबादी केन्द्र रुपन्देही संयोजक नारायण जि सि (निर्मल) ले संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले माओवादी पार्टी जनताको पार्टी भएकाले जनताको हरेक सुख दुखमा साथ दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द केसि, खिम बहादुर बिक, भोलानाथ बस्याल, दिपिका शर्मा, राम बहादुर कुवर, नेकपा माओवादी केन्द्र सैनामैना नगरअध्यक्ष नारायण महत, युवा नेता रोमनाथ न्यौपाने, दिपक भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

माओेवादी केन्द्रले देशैभर वडा सम्मेलन गरीरहेको छ । सैनामैनामा पनि वडा सम्मेलन जारी छ । सैनामैना वडा नं. ६ को सम्मेलनले वडाका करिव १ सय वढीलाई पार्टीमा प्रवेश समेत गराएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation