विमल गैरे, सैनामैना ।
तिनाउ पश्चिम वितरक संघले बनभोज तथा भेटघाट कार्यक्रम बुधवार सम्पन्न गरेको छ । बनभोज तथा भेटघाट कार्यक्रम रुपन्देही जिल्लाको रमणीय पर्यटक स्थल कञ्चन गाउँपालिकामा अवस्थित दानपुर तालमा आयोजना गरिएको थियो ।
तिनाउ पश्चिम वितरक संघका सदस्यहरू, कर्मचारी, तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिताले कार्यक्रम भव्य बनेको थियो । बनभोज कार्यक्रमको मुख्य उद्देश्य आपसी सामिप्यता बढाउँदै संघका सदस्यहरूबीच सहकार्य र भाइचाराको भावना प्रगाढ बनाउनु रहेको आयोजले जनाएको छ ।
बनभोजका क्रममा सांस्कृतिक कार्यक्रम, विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूको समेत आयोजना गरिएको थियो । सहभागीहरूले गीति तथा नृत्य प्रस्तुत गर्दै बनभोज तथा भेटघाट कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका थिए ।
तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेले कार्यक्रमको समापनमा उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष न्यौपानेले यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने बताउनुभयो ।
तिनाउ पश्चिम वितरक संघका उपाध्यक्ष शोभाखर वेल्वासेले उपस्थित अतिथीहरुलाई स्वागत गर्दै बनभोज जस्ता कार्यक्रमले संघलाई थप सक्रिय बनाउन सहयोग पुग्ने जानकारी गराउनुभयो । बनभोज तथा भेटघाट कार्यक्रम संघका महासचिव विक्रम अर्यालको सहजिकरणमा सम्पन्न भएको हो ।