रुपन्देहीको तिलोत्तमामा रेस्टुरेन्टमा काम गर्ने युवती कोठामा मृत फेला

बुटवल। रुपन्देहीको तिलोत्तमाको एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् ।

तिलोत्तममा नगरपालिका २ शंकरनगरस्थित नेवारी खाजा घरमा काम गर्ने गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल आफु सुत्ने कोठमा झन्डिएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीले  जानकारी दिए ।

१४ महिनादेखि खाजा घरमा काम गर्दै आएको र आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि घरबाट आफन्तहरु झिकाएर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation