सैनामैना। सैनामैना व्यापार संघ रुपन्देहीको आठौं साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको एक समारोहका बीच बुधबार उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले संगठनको हकहितका साथसाथै मुलुक निर्माणमा समेत उद्योगी व्यवसायीले योगदान दिन आग्रह गर्नुभयो । उहाँले आठौं साधारण सभा सम्पन्न भैरहँदा अर्को बर्ष हुने नवौं साधारण सभाले नयाँ योजनाहरु र नयाँ नीतिहरु लिएर आउने छ भन्ने शुभकामना दिनुभयो । निजी क्षेत्रको सहकार्य र समन्वयमा समृद्ध नगरको संकल्प साकार पार्न लागिने उहाँको भनाइ थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले व्यवसायीहरुका समस्याको समाधानका लागि सार्वजनिक र निजी सहकार्यको माध्यम उपयुक्त हुने बताउनुभयो । उहाँले अत्यन्त सहजरुपमा व्यवसाय नविकरण गर्ने वातावरण वनाउने गरि व्यवसायीको मन जित्ने काम गर्न व्यापार संघ र उद्योग वाणिज्य संघहरुलाई सुझाव दिनुभयो । उहाँले व्यवसायीहरुको धैरै खालको समस्याहरु रहेकोले ती व्यवसायीका समस्यालाई मसिनो ढंगले बुझेर सम्वन्धित स्थानमा व्यवसायीका मुद्दाहरु पु¥याउने र समाधान गर्ने सफलता मिलोस भन्ने शुभकामना दिनुभयो ।
लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव शिव ज्ञवालीले व्यवसायिक हक हीत र सम्बर्द्धनका लागि चेम्बर अफ कमर्सले आवधिक र दीर्घकालीन महत्त्वका योजना बनाएको बताउँदै कार्यान्वयनमा सबैको सहकार्यको खाँचो रहेको बताउनुभयो ।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी, सैनामैना व्यापार संघका पूर्व अध्यक्ष जीवनाथ पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र न्यौपानेलगायतले बोल्नुभएको थियो ।
संघका अध्यक्ष सुरेन्द्र पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेला महोत्सव सञ्चालन गर्ने, कर र राजस्वको विषयमा प्रशिक्षण सञ्चालन गर्ने, व्यवसाय अभिवृद्धिका योजना बनाउनेलगायतका कार्यक्रम तय गरिने बताउनुभयो । महासचिवको प्रतिवेदन भने संघका उपमहासचिव गोविन्द पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार जिसी र चौधरी सम्मानित
बार्षिक साधारण सभाको अवसरमा संचार क्षेत्रबाट योगदान पु¥याएको भन्दै साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी र रेडियो टाईम्सका प्रवन्ध निर्देशक नरेश चौधरीलाई नगदसहित सम्मान र पुरस्कृत गरिएको थियो ।
खेलाडीलाई सम्मान
त्यसैगरी खेल क्षेत्रबाट योगदान पु¥याएको भन्दै कृष्ण श्रेष्ठ (काले कृष्ण) लाई पनि साधारणसभाकै अवसरमा सम्मान गरिएको थियो ।
त्यसैगरि कोषाध्यक्षको प्रतिवेदन पुष्पा आचार्यले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष देवीदत्त सुबेदीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव चामबहादुर क्षेत्रीले गर्नुभएको थियो ।