
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसको २२ औं बार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।
बार्षिकोत्सव कार्यक्रमको उदघाटन रुपन्देही क्षेत्र नंं ५ का संघीय सांसद बासुदेव घिमिरेले गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले विद्यार्थी संख्याको आधारमा आवश्यक भौतिक श्रोतको व्यवस्थापन, जनशक्ति व्यवस्थापन गर्ने दायित्व सरकारको भएको बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐन बन्ने आशा पलाएको बताउनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्तको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख हेमबहादुर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको तर्फबाट स्ववियू सभापति मनोज बेल्बासे, नेपाली कांग्रेसका सैनामैनाका सभापति रणबहादुर खनाल, अभिभावकतर्फबाट रामप्रसाद घिमिरे लगायतले बोल्नुभएको थियो ।
क्याम्पसको २२ औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक पुरस्कार २०८१ सुरु गरिएको छ भने उत्कृष्ट प्राध्यापक पुरस्कार बाट प्राध्यापक प्रकाशमणि खनाल, उप प्राध्यापक क्याम्पस प्रमुख हेम बहादुर थापा , सहायक प्राध्यापक हुमकान्त बस्याल, सहायक प्राध्यापक रमेश भुसाल र उत्कृष्ट कर्मचारी पुरस्कार तर्फ प्रशासकीय अधिकृत मदन थापालाइ सम्मान गरिएको छ । यस्तै उत्कृष्ट विद्यार्थीहरु, खेल सप्ताहमा आयोजित विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।












